Comments Add Comment

आपूर्ति सचिवको उद्योगीलाई आग्रह : नयाँ ग्यास सिलिन्डर बिक्री नगर्नुस्

२७ फागुन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले खाना पकाउने ग्यासको नयाँ सिलिन्डर बिक्री नगर्न व्यवसायीहरुसँग आग्रह गरेका छन् । एकै परिवारले धेरै सिलिन्डर मौज्दातमा राख्न खोज्दा अभाव हुने देखिएको भन्दै सचिव अर्यालले नयाँ सिलिन्डर बिक्रीवितरण रोक्न उद्योगीहरुलाई आग्रह गरेका हुन् ।

मंगलबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको आपुर्ति व्यवस्थाको विद्यमान स्थितिबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो आग्रह गरेका हुन् । ‘यहाँ अभाव भएकै छैन, उपभोक्ताहरु त्यत्तिकै आत्तिनुभएको छ’ सचिव अर्यालले भने, ‘मौज्दात धेरै राख्ने सोचका कारण समस्या आएको छ, यो सबैले बुझ्नु परो ।’

उनले सञ्चारमाध्यममा आएका समाचारका कारण पनि हाहाकार भएको हो कि भन्ने सन्देश गएको बताए । ‘पत्रकारज्यूहरु सरकारले भनेको मात्रै त पत्याउनु हुन्न, अब उद्योगी व्यवसायीहरुले नै भन्नु भएकाले राम्रो भयो’ उनले भने, ‘पत्रकारहरु ठूलो हेडलाइनमा लेख्दा रमाइलो मान्नुहुन्छ, यसले पनि समस्या भएको छ ।’

उनले मास्कको अभाव भएको भने स्वीकार गरे । मास्क उत्पादन नै हुन नसक्दा यसको अभाव भएको र समस्या समाधानका लागि पहल भइरहेको बताए । अत्यावश्यक सामाग्रीहरु मौज्दात राख्ने परिपाटी छाडेर भाइरसको संक्रमणबाट जोडिन सबै सजग रहनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment