Comments Add Comment

तिनाउमा बेपत्ता भएका प्रदीपको शव भेटियो

२४ फागुन, बुटवल । तिनाउ गाउँपालिका-३ दोभान पावर हाउसको ड्याम साइडमा डुबेर बेपत्ता भएका तिलोत्तमा नगरपालिका-७ भलवाडीका २१ वर्षीय प्रदीप रोकाको शव भेटिएको छ ।

यही फागुन २४ गते बेपत्ता भएका रोकाको शव मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीलगायतको प्रयासपछि शव भेटिएको हो ।

प्रदीपसँगै पौडी खेल्न गएका १७ वर्षीय सुमन सारु, १५ वर्षीय सुमित चौधरी भने सकुसल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment