Comments Add Comment

महिलामाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जना पक्राउ

२७ फागुन, काठमाडौं । आपसी विवादको क्रममा महिलामाथि खुकुरी प्रहार गरेको आरोपमा काठमाडौंको नागार्जुन नगरपालिका–९ बाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा त्वाल्छा छिन्ताङ शहीद थुम घर भई काठमाडौंको स्युचाटार बस्ने २१ वर्षीया लक्ष्मी थापा मगर र ५७ वर्षीय हेमबहादुर थापा मगर रहेका छन् ।

आपसी विवादका क्रममा सोही ठाउँ बस्ने एक महिलामाथि उनीहरुले आइतबार धारिलो हतियार खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी बोक्ने एक जना पक्राउ

प्रहरीले काठमाडौंको जमलबाट धारिलो हतियारसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले रामेछाप घर भई काठमाडौंको जडिबुट्टी बस्ने २१ वर्षीय सुनिल कार्कीलाई पक्राउ गरेको हो ।

शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट एक थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ ।

कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment