Comments Add Comment

युएस बंगला विमान दुर्घटनासम्बन्धी मुद्दाको किनारा नेपाली अदालतबाटै

२७ फागुन, काठमाडौं । काठमाडौंमा दुई वर्षअघि युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्‍यु भएकाको परिवारले दायर गरेको क्षतिपूर्तिसम्बन्धी मुद्दा नेपालकै अदालतबाट निरुपण हुने आदेश भएको छ ।

उच्च अदालत पाटनले उक्त विमान दुर्घटना काठमाडौंमा भएको र त्यस ठाउँमा जिल्ला अदालत काठमाडौंको क्षेत्राधिकार कायम हुने आदेश दिएको छ ।

०७४ फागुन २८ गते भएको उक्त दुर्घटनाका पीडित सात जना यात्रुहरुको आमाबाबुले दायर गरेको छुट्टाछुट्टै सात वटा मुद्दाको अधिकारक्षेत्र नेपालमै रहने भनी काठमाडौं जिल्ला अदालतले गत मंसिर १९ गते गरेको आदेश बेरीतको नभएको उच्च अदालत पाटनले ठहर गरेको छ ।

प्रारम्भिक सुनुवाइका क्रममा उक्त विमान सञ्चालक कम्पनी एवं उसका बिमक र पूनर्बिमक कम्पनीले उक्त विवादको निरुपण नेपालका अदालतबाट गर्न अधिकारक्षेत्र नै नरहेको जिकिर गर्दै आएका थिए ।

काठमाडौं जिल्ला अदालतको आदेश उपर उच्च अदालत पाटनमा युएस बंगला एयरलाइन्स कम्पनी र बिमक तथा पूनर्बिमकले दिएको निवदेन उपर सुनुवाइ गर्दै उच्च अदालत पाटनको मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको सुंयुक्त इजलासले अधिकार क्षेत्र नेपाली न्यायालयमै हुने आदेश दिएको हो।

विमान दुर्घटनामा ज्यान गुमाउने व्यक्ति नेपाली नागिरक भएको, उक्त एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच ढाका–काठमाडौं विमान सेवा सञ्चालनका लागि विभिन्न समझदारी भएको, उक्त विमानले काठमाडौंमै अवतरण गर्ने गरी उडान भरेको, विमान दुर्घटनाको जाँचसम्बन्धी सम्पूर्ण काम नेपाल कानून बमोजिम सम्पन्न भएकाले नेपालमै न्यायिक निरुपण गर्न सकिने अदालतको आदेशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment