Comments Add Comment

सेयर बजार हरियाली, कुन क्षेत्रका लगानीकर्ताले धेरै कमाए ?

२७ फागुन, काठमाडौं । मंगलबार ३ पटक नेगेटिभ सर्किट ब्रैक लागेर पुरा समय कारोबार नै हुन नपाएको सेयर बजार बुधबार भने उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार करिब ७३ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने म्यूचुअल फण्डबाहेक सबै उपसमूहहरु हरियाली छाएका छन् । नेप्से परिसूचक ७३ दशमलव ७८ अंकले बढेर १४२३ दशमलव ०९ अंकमा पुगेको छ । यो मंगलबारको तुलनामा ५.४७ प्रतिशतको बढी हो ।

सबैभन्दा धेरै कमाउने व्यापार क्षेत्रका लगानीकर्ता देखिएका छन् । यो उपसमूह बुधबार सबैभन्दा धेरै अर्थात ८ दशमलव ३ प्रतिशतले बढेको छ । दोस्रोमा धेरै कमाउनेमा भने बीमा उपसमूह देखिएका छन् ।

निर्जिबन बीमा उपसमूह ७.५८ प्रतिशतले बढ्दा जीवन बीमा उपसमूह ६ दशमलव ७ प्रतिशतले बढेको छ । यसैगरी होटल उपसमूह ६ दशमलव ०७ अंकले बढेको छ भने बैंकिङ उपसमूह ५ दशमलव ७८ अंकले बढेको छ ।

सबै उपसमूहहरू हरियाली छाए पनि म्युचुअल फण्ड भने राताम्मे देखिएकाे छ । याे उपसमूह ०.१२ प्रतिशत अर्थात १० अंकले घटेकाे छ ।

कारोबार रकममा पनि उल्लास देखिएको छ । दिनभर भएका २३ हजार २ सय ३७ कारोबारबाट १८० कम्पनीका ५६ लाख २६ हजार ८ सय १२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब २२ करोड १० लाख ८१ हजार ६ सय ९० रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्यारेन्स कम्पनी देखिएको छ । नेपाल लाइफको २३ करोड ६६ लाख ४९ हजार १ सय ४१ रुपैयाँको सेयर कारोबार भएको छ । १४ करोड ६६ लाख ५३ हजार ७ सय ९६ रुपैयाँको कारोबार गर्दै एनआसी एशिया दोस्रो नम्बरमा देखिएको छ ।

१२ करोड २१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएर एनएमबि बैंक तेस्रो नमबरमा देखिएको छ भने ११ करोड ८६ लाख रुपैयाँको कारोबार भएर एनडीएल चौथो नम्बरमा देखिएको छ । पाँचौ नम्बरमा देखिएको नविल बैंकको ६ करोड ६४ लाख ७३ हजार ९ सय ५७ रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment