Comments Add Comment

टाटा मोटर्सद्वारा स्प्रिङ बोनान्जा कार्यक्रमको आयोजना

२८ फागुन, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले स्प्रिङ बोनान्जा कार्यक्रमको आयोजना गर्न लागेको छ ।

उक्त कार्यक्रम फाल्गुन ३०देखि चैत्र ०२, २०७६ (१३ मार्च देखि १५ माचर्, २०२०) सम्म थापाथली स्थित टाटा मोटर्सको सोरुममा आयोजना गर्न लागेको हो।

ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एचफाईभ, नेक्सन, टियागो, टिगोरर एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, जेन्युइन एसोसेरीज, एक वर्षको सवारी कर, गाडिको डेलिभरीमा मोवाईल फोन, प्रत्येक गाडीको मुल्याङ्कनमा कार पर्फ्युम, डोर प्राईज र प्रत्येक टेस्ट ड्राईभमा एक जोडीलाई मुभि टिकेट तथा विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन ।

यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पाल्नुभई नयाँ गाडी खरिद गरेरभरपुर फाईदा उठाउनु हुन कम्पनीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment