Comments Add Comment

घोडाघोडीमा जिपबाट खसेर मृत्यु

२८ फागुन, घोडाघोडी (कैलाली) । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका-५ डोकेबजारमा बोलेरो जीपबाट खसेर एकजनाको मृत्यु भएको छ ।

पहलमानपुरबाट सुखड्तर्फ आइरहेको से१च १०३४ नंको बोलेरोमा सवार अछामको रामारोशन गाउँपालिका-७ का २६ वर्षीय एकेन्द्रबहादुर बटालाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

यात्रा गरिरहेका बेला उनीसँग रहेको इयरफोन खसेको र तान्न खोज्दा खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखड्का प्रमुख हरिशरण भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment