Comments Add Comment

नवजात शिशुलाई बोक्ने सही तरिका

यदि तपाईं पहिलो पटक आमा-बुवा बन्दै हुुनुहुन्छ भने तपाईंले विभिन्न कुराहरु संग-संगै शिशुलाई कसरी बोक्ने अथवा समाउने भन्ने बारेमा पनि थाहा पाउन आवश्यक छ ।

तपाईं पहिलो पटक आमा-बुवा बन्दै हुनुहुन्छ भने शिशुलाई बोक्ने काम तपाईंका लागि झन् धेरै कठिन हुन्छ । बच्चालाई बोक्दा बच्चा चिप्लिएर लड्ने र चोटपटक लाग्ने पो हो कि भन्ने डर लाग्छ । यस प्रकारको डर स्वभाविक पनि हो ।

बच्चालाई बोक्ने उपयुक्त चार पोजिशनहरु 

क्याडल होल्ड

बच्चा बोक्नका लागि क्याडल होल्ड सबैभन्दा सजिलो तरिका हो । दायाँ हातले बच्चाको गर्दन र टाउकोको तलबाट सपोर्ट दिनु पर्छ । बच्चाको टाउकोलाई आफ्नो कुहिनामा राखेर बायाँ हातले बच्चाको हिपलाई हल्का तरिकाले उठाउनु पर्छ । त्यसपछि बच्चालाई छातीमा टाँसेर राख्नु पर्छ ।

शोल्डर होल्ड

यो पोजिशन बच्चालाई सुताउनका लागि राम्रो मानिन्छ । एउटा हातले बच्चाको गर्दन र टाउको एवं अर्को हातले हिपलाई सपोर्ट गरेर उठाउनु पर्छ र बच्चालाई आफ्नो काँधको समानान्तर ल्याउनु पर्छ । बच्चाको टाउकोलाई आफ्नो काँधमा राख्ने र गर्दन, हिपलाई अर्को हातले साहारा दिनु पर्छ ।

ल्याप होल्ड

बच्चालाई उठाउनाका लागि यो सबैभन्दा सजिलो पोजिशन हो । कुर्सीमा बसेर आफ्नो बच्चालाई काखमा लिनु पर्छ । बच्चाको टाउको तपाईंको घुँडामा हुनु पर्छ । दुबै हातले बच्चाको टाउकोलाई साहारा दिनु पर्छ । बच्चाको खुट्टा तपाईंको कम्मर नजिक हुनु पर्छ ।

बच्चालाई बोक्दा यी कुराहरुमा ध्यान दिनु पर्छ

राम्रोसंग हात सफा गर्नु पर्छ

बच्चालाई स्पर्श गर्नु र उसलाई बोक्नु अगाडि आफ्नो हात राम्रासंग सफा गर्नु पर्छ । वास्तवमा हातमा विभिन्न किसिमको रोगका किटाणु र ब्याक्टेरियाहरु जम्मा भएका हुन्छन् । जसले बच्चालाई हानी पुर्‍याउन सक्छ । बच्चाको रोग प्रतिरोधक क्षमता पूर्ण रुपमा विकसीत हुन सक्दैन । जसका कारण बच्चा छिट्टै विरामी हुन सक्छ ।

सजिलोसंग बच्चालाई उठाउनु पर्छ

यदि तपाईंले बच्चालाई सजिलोसंग उठाउनु भएन भने बच्चालाई तपाईंले राम्रोसंग बोक्न सक्नु हुन्न । बच्चा बोक्ने क्रममा तनाव लिनु हुँदैन र सजिलो भएर सही तरिकाले बच्चालाई बोक्नु पर्छ ।

सपोर्ट दिनु पर्छ

शिशुलाई पाल्न अथवा कसैको काखबाट उठाउँदा एउटा हातले बच्चाको गर्दन र टाउकोको तल सपोर्ट दिनु पर्छ । बच्चाको टाउको उसको शरीरको सबैभन्दा गह्रौं अंग हो । गर्दनको मांसपेशीहरु पूर्ण रुपले विकसित भएको हुँदैन । त्यसैले बच्चालाई उठाउँदा हातले सपोर्ट दिनु पर्छ ।

आफ्नो तरिका अनुसार नै उठाउनु पर्छ

एउटा हातले बच्चाको गर्दन र टाउकोलाई सपोर्ट दिएपछि अर्को हात बच्चाको शरीरको तल राख्ने र आफ्नो तरिकाले उठाउनु पर्छ । बच्चालाई उठाएपछि उसलाई आफ्नो छातीको नजिक राख्नु पर्छ । बच्चालाई जस्तो पोजिशनमा बोके पनि गर्दनलाई भने सपोर्ट दिन अति नै आवश्यक छ ।

नवजात शिशुलाई बोक्ने यो सबैभन्दा राम्रो तरीका हो । यसले बच्चा चिप्लिएर लड्ने डर हुँदैन र तपाईंलाई पनि सजिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment