Comments Add Comment

बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

२९ फागुन, वीरगञ्ज । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारामा एक युवकलाई पक्राउ गरेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका-७ नदिया टोलका १९ वर्षीय करण सहनीलाई बुधबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जीतपुर सिमराका प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पुरीले जानकारी दिए ।

घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले सहनीलाई पक्राउ गरेको हो ।

परिवारका सदस्य होली उत्सवमा व्यस्त रहेको मौका छोपी करणले बालिकालाई फकाएर जर्बजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

आँप दिन्छु भनेर करणले बालिकालाई आँपको फेदमा लगेर जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको भनाइ छ ।

तर डीएसपी पुरीले भने घटनाको अनुसन्धान भइरहेको भन्दै बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि मात्रै बलात्कार भएनभएको बारे भन्न सकिने बताए ।

प्रहरीले सहनीविरुद्ध जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतमा म्यादको थपको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment