Comments Add Comment

सांसदको प्रश्न : मन्त्रीले उद्घाटन गर्न भ्याउने संसदमा जवाफ दिन नभ्याउने ?

२९ फागुन, राष्ट्रियसभा सदस्यहरुले सरकार संसदप्रति उत्तरदायी नबनेको भन्दै आलोचना गरेका छन् ।

राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले संसदमा उठेका सवालमा इमान्दार भएर जवाफ दिन मन्त्रीहरुलाई आग्रह गरे ।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले मन्त्रीहरु कार्यक्रम उद्घाटन गर्न भ्याउने तर संसदमा जवाफ दिन आउन नभ्याउने भन्दै आलोचना गरे । ‘जनताका प्रतिनिधिलाई हेप्ने प्रकारले कुरा गरेपछि प्रश्न उठ्छ । उद्घाटन गर्न जहाँ नि भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने ?’ उनले प्रश्न गरे ।

संसदको विभिन्न समयमा के कस्ता विषयमा कुरा उठेको छ भन्नेसम्म मन्त्रीहरुलाई जानकारी नहुने गरको भन्दै सांसद विडारीले संसदप्रति इमान्दार, जवाफदेही र उत्तरदायी बन्न आग्रह गरे ।

सांसदहरुले उठाएका सबै विषयको रेकर्ड राख्दै ती सवालको जवाफ दिएर जनताप्रति आफ्नो इमान प्रदर्शन गर्न पनि सांसद विडारीले मन्त्रीहरुलाई आग्रह गरे । ‘संसदको गरिमा भएन भने व्यवस्थाको गरिमा हुदैन । संसदमा सबै मन्त्रालयका प्रतिनिधि आएर टन्न बस्नुपर्यो नि अध्यक्ष महोदय । यहाँ कुन विषयमा सांसदले बोल्छन् मन्त्रीलाई थाहा छ ? छैन ।’

सदन प्रभावकारी बनेर आधुनिक, प्रगतिशील र जनमुखी कानुन बनाएर अघि बढेमा व्यवस्था विरोधीहरु त्यसै ‘झिसमिस’ हुने विडारीको भनाइ छ ।

राष्ट्रियसभा सदस्य बेदुराम भुसालले हरेक क्षेत्रमा फैलिएको भ्रष्टाचार रुपी महारोगबाट सिंगो मुलुक आक्रान्त बनेको भन्दै न्यूनीकरणका लागि थप कदम सरकारको ध्यानाकर्षण गराए । भ्रष्टाचारबाट मुलुकलाई मुक्त बनाउने बाटोमा सभाको भुमिका केन्द्रित गर्न पनि उनले आग्रह गरे ।

मलुकमा व्याप्त भ्रष्टाचार कोरोना भाइरस जस्तै भाइरस भएको भन्दै उनले न्यूनीकरणका लागि राष्ट्रियसभाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment