Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना

२८ फागुन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्धारा आफ्ना ग्राहकलाई लक्षित गरी “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता ” भन्ने सोचका साथ सांग्रिला क्र्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ ।

यो योजना न्यूनतम मौज्दात ५ सय रुपैयाँबाट सुरु गर्न सकिने बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जनाएका छन् ।

यस मुद्दती योजना अन्र्तगत ग्राहक महानुभावले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् साथै यस योजना अन्र्तगत ३ वर्ष सम्म ब्याजदरमा कुनै परिर्वतन नहुने व्यहोरा जानकारी गराएको छ ।

यस योजनाबाट ग्राहक महानुभावले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment