Comments Add Comment

डिशहोमले विश्व चर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल सुरु गर्दै

विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले केवल्र्ड च्यानल सुरु गर्दैछ ।

के–पप, माइ लिटल बेबी, रिचम्इान, किङ इन द लभ, मेल्टीङ हर्ट आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछ ।

यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ साथै डिसहोम गो एप मा पनि यो च्यानल हेर्न सकिनेछ ।

नेपाली टेलिभिजनको दर्शक माझ विभिन्न आफ्नै एक्सक्ल’सीभ च्यानलहरु संचालन गरिरहेको डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शक लाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment