Comments Add Comment

टाटा मोटर्सको र्कािर्नभल मेला बिराटनगरमा

२९ फागुन, काठमाडौं । टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता सिप्रदी टे«डिङ्गले हरेक वर्ष गर्दै आएको कार मेला अन्तर्गत “टाटा मोर्टर्स र्कािर्नभल“ बिराटनगरस्थित टाटा शोरुममा आफ्नो बिक्रेता गोयल अटो प्रा.लि.को सहकार्यमा यही फाल्गुन २९ र ३० गते शुभारम्भ गरेको छ ।

यस बर्षको “टाटा मोर्टर्स र्कािर्नभल” कार मेला बिहान १०बजे देखि साँझ ६ बजेसम्म बिराटनगरस्थित टाटा शोरुममा हुँदैछ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन—बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिदका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी, नयाँ गाडीसँग साट्न सक्नेछन् ।

यस मेलामा अन दी स्पट फाइनान्सीङका साथै पुरानो गाडीको उत्कृष्ट मुल्याकंन र एक्सचेञ्ज बोनस अप टू एक जस्ता फाईदा ग्राहकहरुले पाउने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment