Comments Add Comment

आर्सनलका कोच अर्टेटालाई कोरोना

३० फागुन, काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसबाट विश्व खेलकुद नै संक्रमित बनिरहेको बेला आर्सनलका प्रशिक्षक मिकेल अर्टेलालाई पनि कोरोनाको संक्रमण देखिएको छ । अर्टेटाको परीक्षणका क्रममा कोरोना पोजिटेभ देखिएको हो ।

यससँगै आर्सनल र ब्राइटनबीच शनिबार तय भएको प्रिमियर लिग खेल स्थगित गरिएको छ ।

आर्सनलले आफ्नो ट्रेनिङ ग्राउण्ड बन्द गरेको र अर्टेलासँग भेग गरेकाहरूलाई सेल्फ आइसोलेटमा बस्न भनिएको जनाएको छ ।

यस्तै, प्रिमियर लिगले शुक्रबारै आकस्मिक बैठक राखेर खेल तालिकाबारे छलफल गर्ने जनाएको छ ।

३७ वर्षीय अर्टेलाले कोरोना पोजिटिभले निराश बनाएको बताएका छन् । उनले आफू कमजोर भएपछि परीक्षण गरेको बताएका छन् ।

आर्सनलले अब क्लबका धेरै सदस्यहरू आइसोलेटमा बस्नुपर्ने अपेक्षा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment