Comments Add Comment

सरकारले सातै प्रदेशमा आईसीयू र आइसोलेसनसहितको पूर्वाधार निर्माण गर्ने

Photo Credit : प्रतीकात्मक तस्वीर

३० फागुन, काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि सरकारले सातवटै प्रदखेशमा आईसीयू र आईसोलेसनसहितको विशेष पूर्वाधार निर्माण गर्ने भएको छ ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित उच्च स्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि प्रत्येक प्रदेशका कम्तीमा १/१ वटा रहने गरी आईसीयू र आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार निर्माण गर्ने निर्णय गरेको हो ।

यसका लागि विस्तृत प्रस्ताव तयार पार्न समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले तयार पारेको प्रस्ताव समितिको अर्को बैठकमा पेस हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

समितिले यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको रोकथाम, निदान र उपचारका लागि आवश्यक पर्ने आईसीयू तथा आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार (काठमाडौं उपत्यकामा आवश्यक संख्यामा र हरेक प्रदेशमा कम्तीमा एक–एक वटा) विकास गर्न विस्तृत प्रस्ताव तयार पारी समितिको अर्को बैठकमा पेस गर्ने । यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था अर्थ मन्त्रालयले गर्ने,’ समितिले बिहीबार गरेको निर्णयको १४ औं बुँदामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment