Comments Add Comment

शौच गर्न गएकी रोशनी ३ दिनपछि मृत भेटिइन्

३० फागुन, जनकपुरधाम । शौच गर्न गएकी एक महिला तीन दिनपछि मृत अवस्थामा फेला परेकी छन् । गत मंगलबार दिउँसो शौच गरेर आउने भन्दै निस्केकी जनकपुरधाम उपमहानगरपालिका-६ की रोशनी खातुन शुक्रबार मृत भेटिएकी हुन् ।

जनकपुरधामको पेठिया बजार नजिकैको पोखरीमा २५ वर्षीया खातुनको शव तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

‘गत मंगलबार बजारमै रहेको सार्वजनिक शौचालयमा शौच गरेर आउने जानकारी आफन्तलाई दिएर उनी गएकी थिइन्’

खातुनको पारिवारिक श्रोतलाई उधृत गर्दै कार्कीले भने, ‘त्यसपछि उनी र्फकेर नआउँदा आफन्तले हामीलाई जानकारी गराएका थिए ।’

खातुन चिप्लिएर पोखरीमा डुबेको हुनसक्ने डीएसपी कार्कीले बताए । ‘अन्य त्यस्तो कुनै सिन्टोम देखिएको छैन् । थप अनुसन्धान भइरहेको छ ,’ उनले भने ।

खातुनले पेठिया बजारमै कपडा पसल सञ्चालन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment