Comments Add Comment

कोशी अस्पतालले थाल्यो आफैं सेनिटाइजर उत्पादन

३० फागुन, विराटनगर । विराटनगरको कोशी अस्पतालले आफैं सेनिटाइजर उत्पादन सुरु गरेको छ । कोरोना भाइरसको त्रास बढेपछि अस्पतालले शुक्रबार १० लिटर सेनिटाइजर उत्पादन सुरु गरेको हो ।

‘मार्केटमा सेनिटाइजर पाइदैन । फेरि अस्पतालले खरिद गरेर पनि गाह्रो हुन्छ’ अस्पतालको मेडिकल सुपरीटेण्डेन्ट डा. संगीता मिश्रले भनिन् ‘अहिले १० लिटर उत्पादन गरेका छौं, आवश्यकताअनुसार थप उत्पादन गर्छाैं ।’

मिश्रले अस्पतालले उत्पादन गरेको सेनिटाइजर प्रदेश सरकारलाई पनि हस्तान्तरण गर्ने बताइन् ।

विश्व स्वास्थ्य संगठनले तोकेअनुसारको केमिकल प्रयोग गरी सेनिटाइजर उत्पादन गरिएको उनले बताइन् ।

सेनिटाइजर अस्पतालका कर्मचारी चिकित्सक र विरामीका कुरुवाले प्रयोग गर्नेछन् । उनले अस्पतालका चिकित्सक र कर्मचारीका लागि दुई लेयरको माक्स पनि वितरण गर्ने बताइन् ।

दुई जनालाई धरान रेफर

कोशी अस्पतालले कोरोना शंका गरेका दुई जना विरामीलाई धरान रेफर गरेको डा. मिश्रले जानकारी दिइन् । उनीहरु विदेशबाट फर्किएकाहरु रहेका अस्पतालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment