Comments Add Comment

उपत्यकाका ८ पेट्रोल पम्प बन्द गर्न ट्राफिक प्रहरीको दबाव

३० फागुन, काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाको आठ पेट्रोल पम्प बन्द गर्न दबाव दिएकोे छ ।

कंलकीको श्यामा, त्रिशूल र बाबा आयल, तीनकुनेको भ्याली रिकेश, कोटेश्वरको कामख्या र जाउलाखेलको गायत्री आयल स्टोर तथा मञ्जुश्री आयल स्टोरलाई ताला लगाइदिने चेतावनी ट्राफिक प्रहरीले दिएको बागमती पेट्रोलियम डिलर एशोसिएसन अध्यक्ष अच्युत खड्का बताए ।

मन्त्रिपरिषद बैकठले पारित गरेको उपत्यकाको सडक सुधार कार्यायोजनामा सडकमा टाँसिएर रहेका १८ वटा पम्प हटाउने उल्लेख छ । ट्राफिकले त्यसमध्ये ८ वटा पम्पमाथि दबाव बढाएको हो ।

‘अहिले बजारमा इन्धन भर्नका लागि मानिसको भीड छ, सबै पम्पहरुको व्यापार बढेको छ तर ट्राफिक प्रहरीले अहिले नै बन्द गर्न उर्दी जारी गरेका छन्,’ अध्यक्ष खड्काले भने । अप्ठ्यारो समयमा आएर ट्राफिक प्रहरीले व्यवसायीहरुलाई लखेटेको भन्दै खड्काले आपत्ति जनाए ।

‘हामीलाई पेट्रोल नबेच भनेर ट्राफिकले बार्गेनिङ गरेको छ, यो बेला लखेट्ने बेला होइन,’ खड्काले भने । सरकारले हटाउने निर्णय गरेको पम्पहरुबारे नेपाल आयल निगमले छानबिन गरिरहेको भन्दै खड्काले ट्राफिक प्रहरीले दबमव बढाउँदै लगे काठमाडौंमा इन्धन वितरण ठप्प पार्ने चेतावनी दिए ।

व्यवसायीहरुले प्रहरीले माथिको आदेश भन्दै अनावश्यक दबाव दिएको आरोप लगाएका छन् ।

निराधार आरोप : ट्राफिक

ट्राफिक प्रहरी प्रवक्ता जीवनकुमार श्रेष्ठले भने व्यवसायीको आरोप निराधार भएको बताएका छन् । ट्राफिक प्रहरीले पम्प बन्द गर्न भनेको नभई पम्पका कारणसवारी आवागमनमा हुने अवरोध हटाउने जिम्मेवारी ट्राफिक प्रहरीको भएको बताए ।

‘सडकमा अवरोध पुर्‍याउने र सुरक्षित ढंगबाट सञ्चालनमा आएका पम्प हटाउने प्रधानमन्त्री कार्यालयको निर्णय पालना गर्नु हाम्रो दायित्व हो, व्यवसायीले आफ्नो व्यवसाय गर्दा अरुको आत्मसम्मानमा ठेस पुर्‍याउनु हुन्न,’ प्रवक्ता श्रेष्ठले भने ।

व्यवसायको सुरक्षा गर्नु प्रहरीको धर्म भएको भन्दै एसपी श्रेष्ठले गाडी आवाजावत गर्ने सडक र मानिसको पैदल हिड्ने बाटोमा गाडि राखेर इन्धन भर्न नदिने बताए ।

नेपाल आयल निगमले भने अहिलेको त्रासदीपूर्ण अवस्थामा ट्राफिक र व्यवसायीको लडाइँ आवश्यक नभएको जनाएको छ ।

‘मानिसहरु इन्धन पाईन्न कि भन्ने त्रासमा छन् यतिबेला सहज वितरण निगमले चाहेको छ,’ निगमका एक अधिकारीले भने, ‘ट्राफिक प्रहरी र व्यवसायीले अहिले जुँगाको लडाइँ नलडी साबिककै तरिकाबाट चल्नु पर्छ, हामी अहिले कठिन अवस्थामा छौं । ’

मुख्य सवारी आवगमन हुने सडक किनारा तथा घना वस्तीमा रहेको मापदण्ड विपरीतका पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत माघमा ट्राफिक प्रहरी महाशाखा र आयल निगमलाई पत्राचार गरेको थियो ।

काठमाडौं र ललितपुर जिल्लामा रहेका ति पम्प असुरक्षित रहेको तथा उपत्याकाको सवारी आवागमनमा अवरोध पुर्‍याएकाले हटाउन लागिएको थियो ।

पम्पहरु मापदण्ड मै रहेको जिकिर गर्दै व्यवसायीले आफ्नो सबै विवरण नेपाल आयल निगममा बुझाएको र त्यसमा छानविन चलिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment