Comments Add Comment

अहिलेकै अवस्थामा उद्योग वाणिज्य महासंघको चुनाव नसारिने

३० फागुन, काठमाडौं । तत्कालकै अवस्था रहिरहे नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नसर्ने भएको छ । शुक्रबार बसेको महासंघको स्थायी समिति बैठकले तत्कालका लागि चुनाव स्थगन नगर्ने निर्णय गरेको हो ।महासंघले अर्थतन्त्रमा गम्भीर अवस्था आएको र त्यसले उद्योगी तथा व्यवसायीलाई समस्या आएको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ । समस्या समाधानका लागि बैंकबाट लिएको ऋणको अवधि ३ महिना थप्न माग गरेको छ । चैत मसान्तसम्म तिर्नुपर्ने करको अवधि पनि त्यति नै लम्ब्याउन आग्रह गरिएको छ ।
महासंघले पर्यटन क्षेत्रलाई विशेष प्याकेज ल्गाउन पनि माग गरेको छ ।

कोरोना भाइरसका कारण सरकारले सभा सम्मेलन नगर्न गरेको आग्रहपछि चुनाव सार्ने कि नसार्ने विषयमा छलफल गर्न अध्यक्ष भवानी राणाले शुक्रबार स्थायी समिति बैठक बोलाएकी थिइन् । बैठकमा तत्कालै चुनाव सार्नु पर्ने अवस्था नरहेको भन्दै अधिकांश सदस्यहरुले धारणा राखे पछि यस्तो निर्णय गरिएको महासंघका एक सदस्यले बताए ।

‘अध्यक्ष ज्यूले प्रस्ताव सुनाउने वित्तिकै अहिले यस विषयमा निर्णय गर्नु आवश्यक नरहेको सबैको धारणा आयो’ उनले भने, ‘अझै एक महिना समय छ, सार्ने नै भए पनि १५ दिन अघि निर्णय गरौं भन्ने कुरा भएको छ ।’

महासंघको अधिवेशन आगामी २८ र २९ चैतमा हुँदैछ । चुनाव आउन अझै एक महिना बाँकी रहेकाले अहिले नै आत्तिएर निर्णय गर्नुको कुनै अर्थ नरहेको महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् ।

उनले चुनाव सार्नै पर्ने स्थिति भए एक साता अघिमात्रै पनि निर्णय गर्न सकिने बताए । ‘अहिले नै कोरोना भित्रिसकेको छैन, डराइहाल्नु पर्छ भन्ने लाग्दैन’ मुरारकाले भने, ‘यदि त्यस्तो अवस्था आयो भने हामी पनि चुनाव गर्नु पर्छ भन्दैनौं, एक हप्ता अघिमात्रै पनि चुनाव स्थगित गर्न सकिन्छ ।’

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले गरेको आग्रहपछि बैठकमा छलफल भएको बताए । अहिले नै स्थगन गर्नु पर्ने आवश्यकता नदेखिएकाले स्थगन नभएको भन्दै उनले भोलि अप्ठेरो स्थिति आउन सके स्थगित हुने बताए ।

महासंघको आगामी अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार गोल्छा अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्षका लागि भने वर्तमान उपाध्यक्षद्वय किशोर प्धान र चन्द्र ढकाल चुनावी मैदानमा उत्रदैछन् । उनीहरु उम्मेद्वारी घोषणा गरेर यतिबेला भोट माग्न व्यस्त छन् ।

राहत प्याकेज ल्याउन माग  

महासंघले अर्थतन्त्रमा गम्भीर अवस्था आएको र त्यसले उद्योगी तथा व्यवसायीलाई समस्या आएको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ । समस्या समाधानका लागि बैंकबाट लिएको ऋणको अवधि ३ महिना थप्न माग गरेको छ । चैत मसान्तसम्म तिर्नुपर्ने करको अवधि पनि त्यति नै लम्ब्याउन आग्रह गरिएको छ ।

महासंघले पर्यटन क्षेत्रलाई विशेष प्याकेज ल्गाउन पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment