Comments Add Comment

प्रधानमन्त्रीलाई राणाको सल्लाह : राजीनामा दिएर आराम गर्नुस्

१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर आराम गर्न सल्लाह दिएका छन् ।

प्रधानमन्त्री ओली स्वस्थ भएको अवस्थामा समेत मुलुकका लागि गर्नुपर्ने काम गर्न नसकेको उनको दाबी छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘आराम गर्न दिने बेला भएको छ । आराम गर्न जे जे गर्नुपर्छ, गर्नुहोस् ।’

उनले सरकारको चर्को आलोचना गरे । नेकपा नेतृत्वको सरकारले व्यापक भ्रष्टाचार गरेको, संवैधानिक अंगहरुमा राजनीतिकरण भएको, परराष्ट्र नीतिमा असन्तुलन आएको र जनतालाई करमाथि कर थुपारेको राणाको आरोप छ ।

राप्रपा र राप्रपा संयुक्तको एकतापछि राप्रपामा तीन अध्यक्ष मध्ये एक राणाले राप्रपा संविधानप्रति प्रतिवद्ध रहेको र, सबै पक्षलाई स्वीकार्य हुने साझा संस्थाको रुपमा राजसंस्थासहित प्रजातन्त्रका लागि अगाडि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment