Comments Add Comment

सेवासुविधा र हैसियत बढाउन प्रदेश प्रमुखहरूको दौडधूप

३ चैत, काठमाडौं । कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आइतबार साँझ सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूबीच आयोजित भिडियो कन्फरेन्स आजका सबै अखबारहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक, आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि पत्रपत्रिकाहहरूले समेटेका छन् ।

‘महामारी जित्ने र्साकको वाचा’ शीर्षकमा अन्नपूर्णले सार्कका राष्ट्र एवं सरकार प्रमुखबीच भएको भिडियो कन्फरेन्सबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूले कोरोना भाइरसविरुद्ध साझा युद्ध गरी जित्ने वाचा गरेका छन् ।

सातै प्रदेशका प्रदेश प्रमुख राजनीतिक दौडधुपमा लागेको अर्को खबर पनि अन्नपूर्णमा छ । सातै प्रदेशका प्रमुख दौडधुपमा लाग्नुको कारण सेवासुविधा र हैसियत वृद्धि रहेको समाचारको सार छ ।

अन्नपूर्ण लेख्छ– सातै प्रदेशका प्रमुख आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै दौडधूपमा लागेका छन् । त्यसका लागि उनीहरू एकसाथ संघीय राजधानी आई राजनीतिक भेटघाटमा व्यस्त छन् ।’

समाचार अनुसार, आवास, कार्यालय, निजी सचिवालयको सेवासुविधा विस्तार गर्नुपर्ने उनीहरूका मुख्य माग छन् । प्रदेश प्रमुखका प्रोटोकल मिलाउन पनि उनीहरूले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् । त्यसका लागि प्रमुखहरूले ७ बुँदे ध्यानाकर्षणपत्र विभिन्न दलका प्रमुखदेखि केन्द्र सरकारका प्रमुखसम्मलाई बुझाएकाे समाचारमा उल्लेख छ ।

कान्तिपुर र नागरिक दुवैले कोरोनाविरुद्ध लड्न सार्कका सदस्य राष्ट्रहरूले गरेको आपतकालीन कोष घोषणालाई ‘हाइलाइट’ गरेका छन् । राजधानीले निजी आवास अनुदानमा सरकार झनै लचिलो बनेको लेखेको छ भने कारोबारले पहाडबाट तराईतर्फ बसाइँसराइँ हुँदा बढेको चापबारे समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment