Comments Add Comment

कञ्चनपुरका भण्डारी दम्पत्ति हत्यामा छोराकै संलग्नता

३ फागुन, काठमाडौं । कञ्चनपुरमा एक दम्पत्ति हत्या प्रकरणमा छोराकै संलग्नता रहेको पाइएको छ ।

गत फागुन १५ गते शुक्लाफाँटा नगरपालिका–११ का ५२ वर्षीय जयबहादुर भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनाको हत्या भएको थियो ।

भण्डारी दम्पत्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २६ वर्षीय भरतबहादुर भण्डारीलाई पक्राउ गरेको छ । पक्राउ परेका भरत जयबहादुरका छोरा हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा डडेल्धुरामा बस्दै आएका भरतले पारिवारिक विवादका कारण बुवा जयबहादुर र सौतेनी आमा धनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

भरतलाई प्रहरीले आइतबार डडेल्धुराको अमरगढी नगरपालिका–२ जुगेनाबाट पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक गरेको हो ।

फागुन १३ गते सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा दिन उनी महेन्द्रनगर आएका थिए ।

प्रहरीका अनुसार भरत १४ गते ट्रायलमा फेल भएपछि केही आफन्तलाई भेटेर डडेल्धुरा जान हिँडेका थिए । तर फर्किएर राति साढे ८ बजे झलारीस्थित घरमा पुगेर बुवा र सौतेनी आमासँग केही समय कुरा गरेका थिए ।

यो पनि पढ्नुहोस सुदूरपश्चिममा ठूला अपराध अनुसन्धानमा प्रहरी निरन्तर असफल

कुराकानी कै क्रममा विवाद भएपछि बुवा जयबहादुर कोठामा गएको र सौतेनी आमालाई भान्छामा गएको बेला लोरो (सिलौटोमा अचार पिस्न प्रयोग हुने ढुंगा)ले हानेर त्यहीँ हत्या गरेको बयान भरतले प्रहरीसमक्ष दिएका छन् ।

जयबहादुरलाई पनि त्यसै रात सुतेको अवस्थामा सोही लोरोले हानेर हत्या गरी भरत डडेल्धुरा पुगेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनीहरुबीच लामो समयदेखि अंशबण्डाको विवादा थियो । साथै, घरमा सल्लाह नगरेरै सौतेनी आमा भित्र्याएको भन्दै भरतले विवाद गरिरहन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment