Comments Add Comment

२० हजार घुससहित सुपरभाइजर पक्राउ

३ चैत, काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका इलेक्ट्रीकल सुपरभाइजर कैलाशप्रसाद दाहाल २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा दाहाललाई पक्राउ गरेको हो ।

नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा कार्यालयको सेवाग्राही फाँटबाट उक्त रकम घुस लिइसकेको अवस्थामा दाहाललाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

दाहाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment