Comments Add Comment

ललिता निवास जग्गा प्रकरण : मालपोतका तत्कालिन अधिकृतलाई थुनामा पठाउने आदेश

३ चैत, काठमाडौं । ललिता निवास निवास जग्गा प्रकरणमा विशेष अदालतले डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई थुनामा पठाएको छ ।

ललिता निवास र यसले चर्चेको जग्गा व्यक्तिको नाममा दर्ता गर्न सहयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १ सय ७५ जनाविरुद्ध २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा वयान दिन सोमबार विशेष अदालतमा हाजिर भएका पौडेललाई अध्यक्ष शिवराज अधिकारी र सदस्य चन्द्रबहादुर सारुको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध ‘सरकारी तथा सार्वजनिक सम्पत्ति गैरकानूनी रुपमा आफ्नो वा अरुको नाममा दर्ता, भोग चलन गर्ने गराउने’ गरेको अभियोग लगाएको छ ।

आयोगले उनलाई आठ वर्षदेखि दश वर्षसम्म कैद सजाय र ३२ करोड १९ लाख २० हजार रुपैयाँ विगो माग दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment