Comments Add Comment

बी डिभिजन लिग एक साता स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फनले अहिले सञ्चालन भइरहेको बी डिभिजन लिग स्थगित गर्ने भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणको कारण यसअघि नै अन्य खेल गतिविधिहरु स्थगित भए पनि बी डिभिजन लिग भइरहेको थियो ।

तर मंगलबार राष्ट्रिय खेलकुद परिषद्ले एक हप्ताको लागि सम्पूर्ण खेलकुद गितिविध रोक्न भन्दै निर्देशन गरेपछि एन्फाले पनि बी डिभिजन लिग एक हप्ताको लागि स्थगित गर्ने निर्णय गरेको छ ।

एन्फाले मंगलबारै विज्ञप्ति जारी गर्दै चैत ५ देखि चैत १२ गतेसम्म लागि स्थगित गर्ने निर्णय गरेको हो । साथै एन्फाले अन्य फुटबल कार्यक्रमहरु, एन्फा टेक्निकल सेन्टर धरान, बुटवल टेक्निकल सेन्टरलगायत सातदोबाटोमा रहेको एन्फा एकेडेमी एन्फा सचिवालय पनि चैत १२ गतेसम्म बन्द रहने निर्णय गरेको छ ।

यस्तै एन्फाको यही चैत १६ गते हुने भनिएको १९औं एन्फा कंग्रेस बैठक पनि अर्को सूचना नभएसम्म स्थगित गरिएको निर्णय गरेको छ । कोरोनाकै कारण फिफा र एएफसीको प्रतिनिधि कंग्रेसमा उपस्थित हुन असमर्थ भएकोले क्रेगस पनि स्थगित गरिएको एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment