Comments Add Comment

नेपाल र इंग्ल्याण्ड ‘सी’ टिमबीचको मैत्रीपूर्ण फुटबल स्थगित

५ चैत, नेपाली राष्ट्रिय फुटबल टिम र इंग्लयान्डको ‘सी’ टिमबीच हुने मैत्रीपूर्ण खेल स्थागित भएको छ । कोरोना भाइरसले विश्व नै प्रभावित बनेपछि आगामी मे २५ का लागि तय खेल स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

स्थगित खेल कहिले हुन्छ भन्नेबारे केही खुलाइएको छैन । यसबारे पछि निर्णय हुने जनाएको छ ।

मैत्रीपूर्ण खेलका लागि गत माघमा एन्फा र इंग्ल्याण्डको फुटबल एसोसिएसन एफएसँग सम्झौता गरेको थियो ।

दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा हुने सम्झौतामा उल्लेख छ ।

विश्वरभर फैलिएको कोरोना भाइरसको असरले अहिले नेपालको सम्पूर्ण खेलकुद गतिविधि रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment