Comments Add Comment

कोरोनाबाट जोगिन ट्युनिसियामा हरेक दिन कर्फ्यू

५ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रासमा ट्युनिसियाले बुधबारदेखि हरेक दिन रातिमा कर्फ्यु लगाएको छ ।

राष्ट्रपति काइस सइदले बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म हरेक दिन कर्फ्यू लाग्ने घोषणा गरेका हुन् । अब कर्फ्यूको समयमा सेनाले सडकमा गस्ती गर्नेछ ।

राष्ट्रपतिले ट्युनिसियाका नागरिकलाई घरमै बस्न, दिउँसोको समयमा बाहिर ननिस्कन आग्रह गरेका छन् । त्यस्तै आफ्नो तलबको आधा रकम कोरोनाविरुद्ध लड्नका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

‘आधा तलब दान गर्नु सक्षमहरुका लागि कुनै असान्दर्भिक होइन, यो काम गर्ने म पहिलो व्यक्ति बन्नेछु’ उनले भनेका छन् ‘यसबाट हामी सबै जना अहिलेको अवस्थामा सुरक्षित हुन सक्छौं ।’

उत्तर अफ्रिकी देश ट्युनिसियामा अहिलेसम्म २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने मृत्यु कसैको पनि भएको छैन ।

कोरोना भाइरसविरुद्ध ट्युनिसियाले कडा कदम चालेको छ । उसले सबै अन्तर्राष्ट्रिय उडान र सीमा नाकाहरु बन्द गरेको छ, विद्यालय बजार र रेष्टुरेन्टहरु बन्द गराएको छ । चियापसलहरु विहान केही घण्टामात्र खुल्ने व्यवस्था गरिएको छ ।

त्यहाँका प्रधानमन्त्रीले टेलिभिजन संबोधनमा सर्वसाधारणले यदि सरकारको कदमलाई साथ नदिएमा हजारौं मान्छे कोरोना भाइरसबाट संकमित हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment