Comments Add Comment

२० हजार मास्कसहित पर्सामा २ जना पक्राउ

५ चैत, काठमाडौं । पर्सामा २० हजार मास्कसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपरमाई गाउँपालिका-५ का ३८ वर्षीय सुलिन जैसवाल र २६ वर्षीय अजय महतो कोइरी रहेका छन् ।

काठमाडौंबाट पर्साको भिष्वा जाने बसमा मास्क लिएर गइरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।

काठमाडौंबाट मास्क खरिद गरी भारतमा बिक्री गर्न लैजाँदै गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुवै जनामाथि अनुसन्धान भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment