Comments Add Comment

कोरोना महामारी : बंगलादेशमा एक जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रोग नियन्त्रण तथा अनुसन्धान संस्थान (आईईडीसीआर) ले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

आईईडीसीआरका निर्देशक प्रो.मीरजादी सब्रिना फ्लोराले ७० वर्षीय भन्दामाथिका एक व्यक्तिको कारोना संक्रमणका कारण ज्यान गएको पुष्टि गरेकी हुन् ।

फ्लोराका अनुसार ती व्यक्ति पहिलेदेखि नै श्वासप्रश्वास, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग र मधुमेहबाट ग्रसित थिए । फ्लोराका अनुसार अन्य चार जनामा कोरोना संक्रमित फेला परेको र यो सँगै बंगलादेशमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

बंगलादेशमा मार्च ८ गते पहिलो पटक तीन जनामा कोभिड-१९ को बिरामी फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment