Comments Add Comment

स्काउटले राजधानीका ५० ठाउँमा सेनिटाइजर स्टेशन राख्ने

५ चैत, काठमाडौं । नेपाल स्काउटले काठमाडौं उपत्यकाका मुख्य चहलपहल हुने कम्तीमा ५० स्थानमा सेनिटाइजर केन्द्र स्थापना गर्ने भएको छ ।

नेपाल स्काउट प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले उपत्यकामा सञ्चालित ५० भन्दा बढी स्काउट टोलीलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए ।

उनले सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेकाले सोही बमोजिम जनताले सरकारलाई सहयोग गर्नुपर्ने बताए । विभिन्न कामले निस्कनेहरुलाई कोरोना संक्रमणबाट जोगाउन त्यस्ता ठाउँमा हात धुने ठाउँ स्थापना गरिने भण्डारीले बताए ।

संयोजक भण्डारीका अनुसार उपत्यकाका ५० स्थान छनौट गरी ३ देखि ५ जनाको प्रशिक्षित स्वंसेवक टोलीले सम्भावित संक्रमणबाट बच्न सुरक्षित हात धुने तरिका, स्यानिटाइजरको प्रयोग, पर्चा वितरण लगायतका कार्य मार्फत आम जनतालाई कोरोना भाइरसबारे सचेत गराउने लक्ष्य लिएको छ । यो अभियान एक साता चल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment