Comments Add Comment

कोरोनाका बिरामी आए कसरी उपचार गर्ने ?

कोशी अस्पतालमा फिवर क्लिनिक र आइसोलेसन सञ्चालनमा

७ चैत, विराटनगर । कोरोना भाइरसको संक्रमण रोकथामका लागि कोशी अस्पतालले ज्वरो नाप्ने क्लिनिक (फिबर क्लिनिक) सहित आइसोलेशन वार्ड सञ्चालनमा ल्याएको छ ।

सीमावर्ती क्षेत्र भएका कारण विराटनगर संक्रमणको उच्च जोखिममा छ । कोशी अस्पतालका चिकित्सक डा. लक्ष्मीनारायण यादव शंकास्पद बिरामी आए उच्च सतर्कताका साथ हेर्ने बताउँछन् ।

अस्पतालमा आउने शंकास्पद बिरामीको ट्राभल हिस्ट्री (उसले भेटघाट गरेका मानिसहरुबारे जानकारी) हेरेपछि अस्पतालले थप उपचार र सतर्कता अपनाउने उनले बताए ।

‘बिरामी हेल्थ डेस्कबाट आउन सक्छन् । इमर्जेन्सीबाट पनि आउन सक्छन्’ उनी भन्छन् ‘ बिरामीमा ज्वरो आएको हुनुपर्‍यो, खोकी हुनुपर्‍यो र आफैं वा आफन्त विदेशबाट आएको छ भने शंकामा राख्छौं ।’

यसरी शंकामा राखिएका बिरामीको स्याम्पल संकलन गरी परीक्षणका लागि काठमाडौं पठाउने यादव बताउँछन् । शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्ने बताउँदै उनले आइसोलेसनमा बस्न नमाने होम क्वारेन्टाइनमा बस्नका लागि पठाउने बताए । तर होम क्वारेन्टाइनमा रहँदा अपनाउनुपर्ने सतर्कताका विषयमा शंकास्पद व्यक्ति र उनका आफन्तलाई सचेत गराइने डा. यादव बताउँछन् ।

‘शंकास्पद बिरामीका लागि घरमा छुट्टै चर्पी हुनपर्‍यो, रुम पनि छुट्टै हुनुपर्छ’ डा. यादव भन्छन् ‘ खाना खाने टेबल पनि छुट्टै हुनुपर्‍यो । सबैले मास्क लगाउने, नियमित हात धुने र सतर्कता अपनाउनुपर्‍यो ।’

घरमा र अस्पतालमा बस्न नमान्नेलाई प्रदेश सरकार र बिरामीले चाहेको अस्पतालसँगको समन्वयमा रेफर गर्न सकिनेछ ।

शंकास्पद बिरामीको रिपोर्ट पोजेटिभ आए अस्पतालमै राखेर उपचार गर्नुपर्छ । कोरोनाका लागि छुट्टै औषधि बनेको छैन । औषधि नबनेका कारण एन्टी भाइरल, क्लोरोफिन र आवश्यकताअनुसार निमोनियाको औषधि पनि प्रयोग हुनुसक्ने यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment