Comments Add Comment

सरकारले अघि बढायो १० हजार मेट्रिक टन चामल खरिद प्रक्रिया

७ चैत्र, काठमाडौं । सरकारले दश बजार मेट्रिक टन चामल खरिद प्रक्रिया अघि बढाएको छ । बजारमा अत्यावश्यक बस्तुमा हुने कालोबजारीमा हस्तक्षेप गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिद प्रक्रिया अघि बढाएको हो ।

करिब ४३ करेाड रुपैयाँ बराबरको उक्त परिमाणको चामल खरिदका लागि बोलपत्र आहृवान गरिसकिएको कम्पनीले जनाएको छ ।

कोरोना भाइरसका कारण उत्पन्न हुने खाद्य संकट टार्न कम्पनीको भण्डारणमा चामल थप्न लागिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । उक्त परिमाणको चामल खरिदपछि कम्पनीसँग चामलको मौज्दात ३६ हजार मेट्रिक टन पुग्ने छ ।

आवश्यकता अनुसार खाद्य संकटका बेला कम्पनीको देशैभर रहेको कार्यालय तथा आफ्ना बिक्री केन्द्रमार्फत चामल बिक्री गर्ने उनले बताइन् । कम्पनीले यस वर्ष किसानसँग खरिद गरेको धानको कुटानलाई पनि तीव्रता दिएको छ ।

खाद्यले यस वर्ष किसानसँग २ लाख ११ हजार ३९३ क्विन्टल धान किनेको थियो । देशमा भइपरी आउने संकटको बेला सरकारले वितरण गर्न भन्दै २५ हजार मेट्रिक टन खाद्य सुरक्षा भण्डारणमा राख्ने नीतिअनुसार कम्पनी अघि बढेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment