Comments Add Comment

५० बेडभन्दा माथिका अस्पतालमा अत्यावश्यक बाहेकका स्वास्थ्य परीक्षण नगर्न निर्देशन

७ चैत, काठमाडौं । सरकारले काठमाडौंका ५० शैया भन्दामाथिका अस्पतालहरूलाई अत्यावश्यक बाहेकका परीक्षण र शल्यक्रिया नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत मसान्तसम्मका लागि तत्काल नगरी नहुने बाहेकका स्वास्थ्य परीक्षण र शल्यक्रिया बन्द गर्न निर्देशन दिएको हो ।

नोवल कोरोना (कोभिड–१९) भाइरसको संभावित जोखिमबाट यस्तो उपाय अपनाइएको हो । मन्त्रालयद्वारा शुक्रबार जारी १५ बुँदे निर्देशनमा भनिएको छ, ‘काठमाडौं उपत्यकाका ५० बेड र सोभन्दामाथिका अस्पतालहरूलाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धित सेवाहरू आउँदो चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्देशन दिने ।’

मन्त्रालयले कोरोनाका शंकास्पद बिरामीलाई अन्य अस्पतालमा पठाउन नपाउने र प्राथमिकता दिएर उपचार गर्नुपर्ने निर्देशन दिएको छ । परीक्षणा पोजेटिभ आएमा अरुलाई नसर्ने गरी आइसोलेसनमा राख्ने र सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment