Comments Add Comment

कोरोनाबाट अमेरिकामा एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना भाइरस कोभिड-१९ को कारण एकै परिवारका चार जनाको ज्यान गएको छ ।

अमेरिकाको न्यूजर्सी राज्यमा ग्रेस फुस्को नाम गरेकी ७३ वषर्ीया महिला र छ वयस्क छोराछोरी एक पारिवारिक भेलामा सहभागी भएर फर्किएपछि कोभिड-१९ बाट संक्रमित भएका थिए ।

परिवारका चार जनाको मृत्यु भएको छ भने तीनजना अस्पतालमा भर्ना भएका छन् ।

करिब २० जनाभन्दा धेरै आफन्त होम क्वारेन्टाइनमा छन् ।

अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । त्यसैले विशेषज्ञहरुले कुनै पनि किसिमको सामाजिक भेलामा सहभागी नहुने मानिसहरुलाई चेतावनी दिएका छन् ।

वियोगान्त घटना

न्यूजर्सीमा ज्यान गुमाउनेमा ग्रेस फुस्कोसहित उनकादुई छोरा र एक छोरी छन् । दुई छोराहरु कार्मेन फुस्को र भिन्सेन्ट फुस्को तथा एक छोरी रिताफुस्को-ज्याक्सनको ज्यान कोभिड-१९ को कारण गएको हो ।

परिवारका एक सदस्यले दिएको जानकारीअनुसार अन्य १९ जना अहिले होम आइसोलेशनमा बसेका छन् । उनीहरु आफूमा कोरोना भाइरसको संक्रमण रहेको वा नरहेको भन्ने कुराको नतिजा कुरिरहेका छन् ।

परिवारका सदस्यहरुले भने मुलुकमा सेलिब्रेटीहरुलाई कुनै लक्षण नदेखिए पनि उच्च प्राथमिकतामा राखिएको र आफूहरुको परिवारका सबै सदस्य बिरामी हुँदा पनि राम्रो उपचार नपाएको गुनासो गरेका छन् ।

घरमै बस्न आग्रह

अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण २७६ जनाको ज्यान गइसकेको छ । पुष्टि भएका संक्रमितको संख्या पनि १९ हजार कटिसकेको छ । अमेरिकाको सबै राज्यमा यो भाइरसको संक्रमण देखिएको छ । अहिले धेरै अमेरिकी शहरहरु लकडाउन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment