Comments Add Comment

एन्फाले आफ्ना संरचना क्वारेन्टाइन बनाउन दिने

९ चैत, काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना संरचना क्वारेन्टाइनमा उपयोग गर्न सकिने बताएको छ ।

एन्फाले विज्ञप्ति जारी गरी ललितपुरको एन्फा कम्प्लेक्स होस्टल,  बुटवल र धरानको फुटबल एकेडेमी र रौतहटको महिला फुटबल एकेडेमी आवश्यक परेमा नेपाल सरकार प्रदेश सरकार स्थानीय सरकारलाई क्वारेन्टाइन बनाउन उपलब्ध गराउन सक्ने जानकारी गराएको छ ।

कोरोना भाइरसको त्रासका कारण एन्फाले आफ्नो सम्पूर्ण कार्यालय पनि बन्द गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment