Comments Add Comment

कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना भएका ५ जनाको रिपोर्ट ‘नेगेटिभ’

१० चैत, बुटवल । कोरोना भाइरस संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसन वार्डमा भर्ना गरिएकामध्ये पाँच जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

फागुन २९ गतेदेखि चैत ९ गतेसम्म उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएका ९ जनालाई आइसोलेसन वार्डमा भर्ना गरेर उपचार गरिएको थियो ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनीहरुको स्वाब परीक्षण गर्दा पाचँ जनाको ‘नेगेटिभ’ रिपोर्ट आएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल रेकर्ड सहायक चन्द्रकान्त महतोका अनुसार पवित्रा पाण्डे, धु्रव तरामु, शेरबहादुर नेपाली, राजकुमार गुप्ता र गंगे नेपालीको रिर्पोट ‘नेगेटिभ’ आएको हो । बाँकी चार जनाको रिपोर्ट आउन बाँकी रहेको महतोले बताए ।

कोभिड १९ को संक्रमण नभएको पुष्टि भएका पाँचैजना डिस्चार्ज भएर घर फर्किसकेको उनले जानकारी दिए ।

गेटमै ज्वरो नापेर मात्र भित्र प्रवेश

लुम्बिनी प्रादेशिक अस्पतालले सोमबारदेखि अस्पतालको मूल गेटमै ज्वरो नापेर मात्र बिरामीलाई भित्र प्रवेश गर्न दिएको छ ।

उच्च ज्वरो र रुघाखोकी लागेका बिरामीलाई चेकजाँच गर्न गेट नजिकै नयाँ ओपीडी कक्ष बनाइएको छ । त्यहाँ मेडिकल अफिसरले कन्सल्ट्यान्ट चिकित्सकको सुपरीवेक्षणमा बिरामीलाई चेकजाँच गरी आइसोलेसनमा वा अन्यत्र रिफर गर्ने व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment