Comments Add Comment

भारतमा रहेका नेपालीलाई बसोबास भएकै स्थानमा सुरक्षित बस्न दूतावासको आग्रह

भारतस्थित नेपाली दूतावास ।

१० चैत, काठमाडौं । भारतस्थित नेपाल राजदूतावासले भातरमा रहेका नेपालीहरुलाई नियमित बसोबास भएकै स्थानमा सुरक्षित बस्न अपिल गरेको छ ।

दूतावासले सोमबार एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्नका लागि नेपाल–भारत सीमानाकामा मानिसको आवत जावत बन्द गरेको स्मरण गराउँदै अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।

यो पनि पढ्नुहोस सोमबारदेखि भारत र चीनतर्फको सीमा नाकामा यात्रु आवागमन बन्द गर्ने निर्णय

कोरोना संक्रमण फैलिन नदिनका लागि भारतका विभिन्न राज्यहरुले लकडाउन गरिसकेको अवस्थामा उक्त निर्देशनको सम्मान तथा पूर्णरुपमा पालन गर्दै आफू तथा आफ्नो परिवार भारतमै सुरक्षित भइबस्न दूतावासले आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment