Comments Add Comment

मन्थलीमा हेल्थ डेस्क स्थापना

१० चैत, रामेछाप । कोरोना भाइरस (कोडिभ–१९) को संक्रमण नियन्त्रणको लागि रामेछापको सदरमुकाम मन्थलीमा हेल्थ डेस्क स्थापना गरिएको छ । काठमाडौं र तराईबाट रामेछाप प्रवेश गर्ने मन्थलीको भैंसेश्वरमा सोमाबारबाट सो डेस्कको स्थापना गरिएको हो ।

काठमाडौं, काँकडभित्ता, नारायणघाट, वीरगञ्ज लगाएतका देशका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम मन्थली प्रवेश गर्ने मानिसहरुको ज्वरो जाँच गर्न भैंसेश्वरमा हेल्थ डेस्क स्थापना गरिएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुँयालले जानकारी दिए । यसैगरी ओखलढुँगा, सिन्धुली, तथा रामेछापकै अन्य पालिकाबाट सो नाका हुँदै मन्थली छिर्ने मानिसहरुको पनि स्वास्थ्य जाँच गरिने श्वास्थ्य शाखाले जनाएको छ ।

हेल्थ डेस्कमा चेकजाँच गर्दा शंकास्पद बिरामी भेटिए उनीहरूलाई थप उपचारका लागि अस्पतालमा पठाइने व्यवस्था मिलाइएको फुँयालले बताए । राजधानी काठमाडौं लगाएत देशका विभिन्न स्थानबाट आएका सार्वजनिक तथा निजी सवारी साधनका चालक र सबै यात्रुहरुको हेल्थ डेस्कमा ज्वरो परिक्षण गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

यसका लागि डेस्कमा ४ जना स्वास्थ्यकर्मी खटाई इन्फारेड थर्माेमटर मार्फत यात्रीहरुको ज्वरो परिक्षण गर्ने व्यवस्था मिलाइको उनको भनाइ छ ।

हेल्थ डेस्कमा साबुन पानीले हात धुने र सेनेटाइजरको पनि व्यवस्था गरिएको मन्थली नगरपालिकाले जनाएको छ । मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख फुयालले हेल्थ डेस्कमा परिक्षणका क्रममा कोरोना भाइरस संकास्पद लक्ष्यण भएका बिरामी भेटिए उनीहरुलाई मन्थली प्राथमिक स्वास्थ्य केन्द्र, तामाकोशी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा रहेको आइसोलेसन वार्डमा पठाइने व्यवस्था मिलाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment