Comments Add Comment

सिंहदरबारभित्र पनि आइसोलेसन वार्ड स्थापना

सिंहदरबार प्रवेश गर्दा ज्वरो जाँच गरिँदै । तस्वीर : रासस

१० चैत, काठमाडौं । देशको प्रशासनिक केन्द्र सिंहदरबारभित्र पनि कोरोना भाइरसको सम्भावित संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

संघीय संसद सचिवालयका चिकित्सक पुष्पराज रिजालका अनुसार आइसोलेसन वार्डका लागि एउटा कोठा छुट्याइएको छ ।

कसैलाई संक्रमण भएको शंका लागे वार्डमा राख्ने र एम्बुलेन्समार्फत तुरुन्त उपचारमा पठाइने उनले बताए  । आफूलाई असजिलो भए वा शंका लागे स्वास्थ्य शाखामा आउन आग्रह गर्दै सबै माननीयहरुलाई म्यासेज गरिएको पनि उनले जानकारी दिए ।

आइतबारदेखि सिंहदरबार प्रवेश गर्दा ज्वरो मापन गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment