Comments Add Comment

कोरोनाको कहर : कतै सिंगो प्रान्त क्वारेन्टाइनमा, कतै भूकम्पले आइसोलेसन तहस नहस

संसारभरि नै महामारीका रूपमा फैलिएको कोरोनाभाइरस संक्रमण (कोभिड-१९) बाट संसारका अधिकांश देश प्रभावित छन् । सोमबार नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिँदा विश्वभर के–के भए त ?

चर्चा गर्न लायक केही खबर यस्ता छन् ।

मृतकको संख्या १५ हजार पुग्न लाग्यो

विश्वभरि कोभिड-१९ बाट सोमबारसम्म ३ लाख, ४१ हजार ६९६ जना संक्रमित भई १४ हजार ७५३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये लगभग एक तिहाइ अर्थात् ९८ हजार ८३४ जना मात्र पूर्ण निको भएका छन् ।

अफगानिस्तानमा सिङ्गो प्रान्त क्वारेन्टाइनमा जान सक्ने

दक्षिण एसियाको सबैभन्दा पश्चिमी राष्ट्र अफगानिस्तानमा सोमबार ६ जना नयाँ बिरामीहरू थपिएका छन् र योसँगै त्यहाँ बिरामीको संख्या ४० पुगेको छ ।

६ मध्ये तीन बिरामी हेरत प्रान्तमा भेटिएका हुन् । इरानसँग सीमाना जोडिएको यो प्रान्तमा दैनिक १५ हजार अफगानीहरू इरानबाट आइरहेका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयको प्रवक्ताका अनुसार सिङ्गो हेरत प्रान्तलाई क्वारेन्टाइनमा राख्ने प्रस्ताव गरिए पनि हालसम्म कुनै कदम भने लिइएको छैन ।

हङकङमा मदिरा बेच्न रोक

हङकङले त्यहाँ भएका रेस्टुराँ र बारहरूलाई मदिरा बिक्रीवितरण गर्न रोक लगाउने प्रस्ताव राखेको छ । मानिसहरू पुनः बाहिर निस्किँदा र विदेशीहरूको आगमनसँगै संक्रमणको दोस्रो लहर सुरु भएको जनाउँदै उक्त प्रस्ताव राखिएको हो । त्यहाँको लान क्वाइफुङ नामक नाइट लाइफ भएको जिल्लालाई दोस्रो लहरको केन्द्र विन्दु मानिएको छ ।

जर्मनीकी चान्सलर नै क्वारेन्टाइनमा

जर्मनीमा सोमबारसम्म संक्रमितको संख्या २२ हजार ६७२ पुगेको छ भने ८६ जनाको मृत्यु भइसकेको छ । त्यहाँकी चान्सलर एन्जेला मर्केललाई खोप दिन आएका डाक्टरमा संक्रमण देखिएपछि मर्केलले आफूलाई क्वारान्टाइनमा राखेकी छिन् ।

सिरियामा पहिलो संक्रमित

सिरियामा आइतबार पहिलो संक्रमित व्यक्ति भेटिएका छन् । एक करोड ७० लाख जनसंख्या भएको युद्धग्रस्त सिरियामा केवल ५७ वटा राम्ररी चलिरहेका अस्पताल छन् भने कोरोना भाइरस परीक्षणको लागि केवल एउटा मात्रै प्रयोगशाला तोकिएको छ ।

फ्रान्समा दुई महिने आपतकाल

फ्रान्सको संसदले दुई महिनाको ‘स्वास्थ्य आपतकाल’ पारित गरेको छ । उक्त आपतकाल पारित भएसँगै त्यहाँ चालिएका प्रतिबन्धात्मक कदमहरुले वैधानिकता पाएका छन् ।

क्रोएसियामा भूकम्प

‘लक डाउन’ र सामाजिक दुरी अभ्यास गरिएको क्रोएसियाको राजधानी जाग्रेबमा आइतबार ५.३ रेक्टर स्केलको भूकम्प र त्यसपछिका पराकम्पले गर्दा मानिसहरू सडकमा आउनु परेको छ । उक्त भूकम्पले जाग्रिबका घरहरूमा क्षति पु¥याउँदा १६ जना घाइते भएका छन् भने एकजना गम्भीर घाइते भएका छन् ।

नर्वे सहयोग जुटाउँदै

गरीब देशहरूमा कोरोना भाइरसको सम्भावित प्रभावको बारेमा बढ्दो चिन्ताको बीचमा नर्वेले रोकथाम प्रयासमा सहयोग पु¥याउन नयाँ सहयोग कोष सुरु गर्ने योजना अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment