Comments Add Comment

कान्तिपुर कोभिड-१९ रोकथाम कोषमा सिद्धार्थ बैंकको साझेदारी

१०चैत, काठमाडौं । हाल बिश्वभर महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध रोगको रोकथाम तथा नियन्त्रणका लागि सिद्धार्थ बैंक समेतको साझेदारीमा “कान्तिपुर कोभिड-१९ रोकथाम कोष”को स्थापना गरिएको छ । उक्त कोषमा सिद्धार्थ बैंकले रु १५ लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त कोषमा जो सुकै व्यक्ति तथा संस्थाले पनि सहयोग गर्न सक्नु हुनेछ सो को लागि यस बैंकको खाता नं. ००१०००००००१ मा रकम जम्मा गर्न सकिनेछ ।

त्यसैगरी यस महामारीको संक्रमणको जोखिम कम गर्नका लागि नोटको सट्टा बैंकका विभिन्न कार्डहरु, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिंङ्गजस्ता डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ सो को लागि बैंकले यस्ता डिजिटल भुक्तानी सेवाहरु निःशुल्क उपलव्ध हुने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment