Comments Add Comment

केन्द्रीय कारागारमा रेडक्रसले दियो १० थान टेन्ट

११ चैत, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले केन्द्रीय कारागारलाई १० थान टेन्ट सहयोग गरेको छ ।

केन्द्रीय कारागारमा बिरामी भएमा छुट्टै राख्न बेडको व्यवस्था नभएकोले १० थान टेन्ट जडान गरिएको रेडक्रसका अधिकृत शालिग्राम तिवारीले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कारागार र नख्खु कारागारको भ्रमण गरी टेन्ट उपलव्ध गराइएको हो । कोरोना भाइरसको सम्भावित संक्रमितलाई छुट्टै राख्न बेडको व्यवस्था भएपछि बन्दी र कारागारमा रहेका कर्मचारीलाई कोरोनाबाट हुने जोखिम कम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

यस्तै, कैलाली जिल्ला शाखाले पनि जिल्ला कारागर कैलालीको हातामा २ वटा त्रिपाल सेल्टर निर्माणमा सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment