Comments Add Comment

कोरोना संक्रमणका कारण टोकियो ओलम्पिक स्थगित

११ चैत, काठमाडौं । आगामी जुलाई- अगष्टमा जापनमा हुने तय भएको टोकियो ओलम्पिक २०२० स्थगित भएको छ ।

आयोजक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र स्थानीय आयोजक जापानले यसको पुष्टि गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस महामारीका कारण टोकियो ओलम्पिक एक वर्ष पछि सरेको छ ।

विभिन्न देशका ओलम्पिक कमिटीले टोकियो ओलम्पिक सार्न प्रस्ताव गर्दै आयोजकमाथि दबाब बढाएपछि मंगलबार आईओसी अध्यक्ष र जापानी प्रधानमन्त्रीबीच टेलिफोन कुराकानी भएको थियो । उक्त कुराकानीपछि ओलम्पिकपछि सार्ने निर्णय भएको जापानी प्रधानमन्त्री सिन्जो अबेले बताए ।

शुरुमा आकेले ओलम्पिक सार्नेबारे प्रस्ताव गरेको  त्यसमा आईओसी अध्यक्ष बाकले सहमति जनाएका हुन् । ‘मैले एक वर्षसम्म स्थगित गर्नको लागि प्रस्ताव गरेँ र बाकले शतप्रतिशत सहमति जनाए’ आबेले भने । टोकियो पारा ओलम्पिक पनि एक वर्ष पछि सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment