Comments Add Comment

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

११ चैत, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक रेसुङ्गा नगरपालिका वडा नम्बर–४ निवासी ६२ वर्षीय शेरबहादुर बुढाथोकी रहेका छन् ।

मंगलबार बेलुकी जिल्लाको छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु २ त ८०७२ नम्बर ट्याक्टर रेसुङ्गा नगरपालिका वडा नम्बर–४ को मसिना पोखरी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक बुढाथोकीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment