Comments Add Comment

काभ्रेमा लकडाउन उल्लंघन गर्ने एक जना पक्राउ, ६३ सवारीसाधन नियन्त्रणमा

१२ चैत, काठमाडौं । काभ्रेपलाञ्चोकमा लकडाउनको उलंघन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहान ११ बजेसम्म ६३ वटा सवारीसाधन नियन्त्रणमा छन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी रविराज पौडेलका अनुसार बनेपा, धलिखेल, भकुण्डे, पाँचखाल लगायतका क्षेत्रबाट ६१ वटा मोटरसाइकल, एउटा गाडी र दुई वटा ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

उनका अनुसार कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि सरकारले लगाएको लकडाउनलाई पूर्णकार्यान्वयनका लागि काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, नेपाली सेनाका कर्णेल लगायतसहितको टोली विभिन्न क्षेत्रको अनुगमनमा निस्किएको छ ।

आमनागरिकको हितका लागि लकडाउन घोषणा गरिएको पूर्ण पालना गरिदिन पौडेलले सर्वसाधारणलाई अपिल गरेका छन् ।

यो पनि पढ्नुहोस लकडाउनको दोस्रो दिन : उपत्यकाबाट बिहानै ३०२ सवारीसाधन नियन्त्रणमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment