Comments Add Comment

चार दिनदेखि एक यात्रु त्रिभुवन विमानस्थलमा अलपत्र

१२ चैत, काठमाडौं । हङकङबाट नेपाल आएका नेपाली मूलका एक बेलायती नागरिक त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् । अध्यागमनले नेपाल प्रवेश गर्न अनुमति नदिएपछि उनी विमानस्थलकै डिपोर्ट कक्षमा अलपत्र परेका हुन् ।

त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले उनी विदेशी नागरिक भएको र विदेशी नागरिकलाई प्रवेशको अनुमति नभएकाले रोकिएको तर्क गरेको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वराज पौडेलले विदेशी नागरिकलाई नल्याउन भन्दा भन्दै अटेरी गरेर ल्याइएकाले अनुमति नदिएको बताए ।

अलपत्र परेका बेलायती नागरिक नेपाल एयरलाइन्सको विमान भएर काठमाडौं आएका थिए । महानिर्देशक पौडेलले ती व्यक्तिको सबै जिम्मा एयरलाइन्सले नै लिएको बताए ।

नेपाल एयरलाइन्सले भने उनीसँग हङकङको काउन्सिलरले दिएको भिसा अनुमति भएकाले नेपाल ल्याएको बताएको छ । एयरलाइन्सका उपमाहाप्रवन्धक गणेबहादुर चन्द हङकङको काउन्सिलरको दिएको भिसाका आधारमा ३ जना नेपाली मूलका ३ जना नेपालीलाई ल्याइएको बताए । तर, अध्यागमले दुई जनालाई प्रवशेको अनुमति दिएपनि एक जनालाई नदिएर अलपत्र पारेको बताए ।

‘उहाँलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मा अध्यागमनकै हुन्छ, हामीले विना आधार उहाँलाई ल्याएका हैनौं,’ उनले भने,’उहाँलाई के गर्ने भन्ने अध्यागमनले लै निर्णय गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment