Comments Add Comment

कोरोना भाइरस मानव जातिकै लागि जोखिम : राष्ट्रसंघ

१३ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे । कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको भन्दै उनले अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् ।

डिसेम्बर २०१९ मा देखिएको भाइरसबाट विश्वभर ४ लाख ५० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २० हजार बढीले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment