Comments Add Comment

एनआइसी एशियाको सबै डिजिटल बैंकिङ सेवा निःशुल्क, घरबाटै कारोबार गर्न आग्रह

१४ चैत, काठमाडौं । एनआइसी एशिया बैंकले डिजिटल बैंकिङ कारोबार गर्दा कुनै पनि शुल्क नलिने भएको छ । कोरोना भाइरस महामारी नगद कारोबारमा समेत बढ्ने देखिएपछि बैंकले यस्तो घोषणा गरेको हो ।

यो महामारी फैलिनबाट बच्नको लागि डिजिटल कारोबार गर्नुपर्ने भन्दै एनआइशी एशिया बैंकले ग्राहकहरुका लागि यस्तो सुविधा दिने बताएको हो ।

नोटबाट समेत कोरोना भाइरस संक्रमण सर्ने जोखिम रहेका बेला डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका लागि भन्दै बैंकले यस्तो योजना ल्याएको हो ।

मुलुक नै लकडाउनमा रहेको बेला सबै बैंकका शाखा कार्यालयहरु नखुल्ने र सर्वसाधारणलाई बैंकसम्म पुग्न अप्ठेरो पर्ने भएका कारण पनि यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ ।

कुन–कुन सेवा छन् निःशुल्क ?

क) मोबाईल बैंकिङ्ग पुरानो शुल्क नयाँ शुल्क
दर्ता शुल्क निःशुल्क निःशुल्क
अन्तरबैंक कारोबार १५ – ३० रुपैयाँ निःशुल्क
क्यूआर मर्चेन्ट भुक्तानी निःशुल्क निःशुल्क
विद्युत महसुलको भुक्तानी निःशुल्क निःशुल्क
खानेपानी महसुलको भुक्तानी निःशुल्क निःशुल्क
हवाईजहाजको टिकट खरिद निःशुल्क निःशुल्क
विद्यालयमा तिर्ने शुल्क निःशुल्क निःशुल्क
इन्टरनेट शुल्कको भुक्तानी निःशुल्क निःशुल्क
पिन रिजेनेरेसन शुल्क रु ५० निःशुल्क
बीमा प्रिमियम भुक्तानी निःशुल्क निःशुल्क
ख) डेबिट कार्ड
दर्ता शुल्क निःशुल्क निःशुल्क
एनआईसी बैंकको एटिएमबाट रकम निकाल्न तथा मौज्दात जाँच गर्न निःशुल्क निःशुल्क
अन्य बैंकको एटिएम प्रयोग गरी रकम निकाल्न तथा मौज्दात जाँच गर्न ५० रुपैयाँ निःशुल्क
पस कारोबार शुल्क निःशुल्क निःशुल्क
पिन रिजेनेरेट शुल्क रु २५० निःशुल्क
ई कमर्स संचालन शुल्क रु १०० निःशुल्क
ई कमर्स कारोबार शुल्क निःशुल्क निःशुल्क
ग) इन्टरनेट बैंकिङ्ग
दर्ता शुल्क निःशुल्क निःशुल्क
अन्तर बैंक कारोबार १५ – ३० रुपैयाँ निःशुल्क
पिन रिजेनेरेसन शुल्क रु ५० निःशुल्क
घ) मिस्डकल बैंकिङ्ग निःशुल्क निःशुल्क
भाइबर बैंकिङ्ग निःशुल्क निःशुल्क
च) च्याटबट निःशुल्क निःशुल्क
आइभीआर सेवा निःशुल्क निःशुल्क
आरटीजीएस रु १००– रु ५०० निःशुल्क

डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिँदै आएको यस बैंकका करिब ११ लाख मोबाइल बैंकिङ्ग, एक लाख भन्दा बढी इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता रहेका छन् । त्यस्तै, बैंकका आठ लाखभन्दा बढी डेबिट कार्डका प्रयोगकर्ता, १४ हजारभन्दा बढी क्यूआर मर्चेन्ट तथा पाँच हजारभन्दा बढी पिओएस मर्चेन्ट हुनुले पनि बैंकको डिजिटल कारोबारमा रहेको उपस्थिति तथा बजारमा यस बैंकको हिस्सा उल्लेख्य रहेको पुष्टि हुन्छ ।

वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया बैंकले १२ प्रतिशत डेबिट कार्ड, १२ प्रतिशत इन्टरनेट बैंकिङ्ग तथा १३ प्रतिशत मोबाइल बैंकिङ्गको हिस्सा ओगटेको छ । जुन सम्भवत: नेपालकै वित्तीय क्षेत्रको सबैभन्दा ठूलो उपस्थिति हो । यसैगरी सबैभन्दा ठूलो एटिएम सञ्जाल रहेको यस बैंकले चार सय ६१ एटिएम मार्फत् ग्राहक महानुभावहरुलाई सुविधाजनक रुपमा रकम झिक्न तथा जाँच गर्ने सुविधा दिएको छ । यस बैंकले दैनिक कुल कारोबारको ६५ प्रतिशतभन्दा बढी कारोबार डिजिटल माध्यमबाट गर्दै आएको यस बैंकले नेपालको डिजिटल बैंकिङ्गलाई नेतृत्व गरिरहेको देखिन्छ ।

पछिल्लो समय नेपालमा क्यूआर मार्फत् गरिने भुक्तानी बढ्दो छ । देशैभरी हुने क्यूआर कारोबार रकममा एनआईसी एशियाको मात्रै १६ प्रतिशत हिस्सा छ, संख्याको हिसाबले १३ प्रतिशत क्यूआर भुक्तानी एनआईसी एशिया बैंकको माध्यमबाट हुने गरेको छ । जुन नेपालका अन्य बैंक तथा वित्तीय संस्थाको दाँजोमा अत्यन्त धेरै हो । यस तथ्यबाट ग्राहकहरुलाई एनआईसी एशिया बैंकको डिजिटल कारोबारप्रति आकर्षण भएको देखिन्छ ।

बैंकहरुले डिजिटल कारोबारमा प्रोत्साहन गर्न अझै बढी लगानी बढाउँदै गएका छन् । एनआईसी एशिया बैंकले पनि पछिल्लो समय आफ्नै OMNI Channel, EFT SWITCH, Business Process Management, Customer Relationship Management, Business Intelligence, आदि जस्ता नवीनतम डिजिटल प्रविधिको पूर्वाधारमा राम्रो लगानी गरिरहेको छ । जसबाट बैंक आफ्ना ग्राहक महानुभावहरुलाई डिजिटल माध्यमबाट सेवा प्रदान गर्न पूर्ण रुपमा तयार रहेको छ । यसले आगामी दिनमा डिजिटल बैंकिङ्गको संस्कार बढाउँदै डिजिटल बैंकिङ्ग प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा बृद्धि गर्ने निश्चित छ ।

जानकारहरु यो समयमा बैंकहरुले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गमा आकर्षण गर्न सक्ने राम्रो मौकाको रुपमा पनि विश्लेषण गरिरहेका छन् । त्यसो त पछिल्लो समय नेपालका बैंकहरुकाे बीचमा समेत प्रतिस्प्रर्धा बढिरहेको छ । बैंकहरुले ग्राहकहरुलाई दिने सुविधा तथा सहजतामा प्रतिस्पर्धा भइरहेको देखिन्छ ।

नोटको कारोबार कम गरेर डिजिटल बैंकिङलाई प्राथमिकता दिने बैंक नै अब सबैभन्दा अघि हुने निश्चित छ । त्यसैले एनआईसी एशिया बैंकले भविष्यको परिकल्पना गरेर आफूलाई तयार राख्नको निम्ति पनि डिजिटल बैंकिङमा ठूलो लगानी गरिरहेको छ ।

घरमै बसेर कसरी गर्ने कारोबार ?

एनआईसी एशिया बैंकले डिजिटल बैंकिङलाई नै प्राथमिकता दिँदै घरमै बसीबसी सजिलै अनलाईन खाता खोल्न सकिने सुविधा दिएको छ । आफूलाई मिल्ने जुनसुकै समयमा पनि ग्राहकहरुले बिना कुनै झन्झट घरबाटै खाता खोल्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ ।

यसले गर्दा बैंकसम्म पुग्ने समय, लाइनमा बस्नुपर्ने झण्झट सबै समाप्त गरिदिएको छ । बचत खाता मात्रै होइन, बैंकमै नगई मुद्दती खाता खोल्न तथा नवीकरण समेत अनलाईनबाटै गर्न सकिने सुविधा बैंकले दिएको छ । घरबाटै सबै बैंकिङ्ग कारोबार हुने भएपछि अहिलेको विषम परिस्थितिमा बैंकसम्म पुग्ने समस्या तथा सामाजिक दुरी कायम गर्न समेत सहज भएको छ ।

एनआईसी एशिया बैंकले अनलाइनबाटै क्रेडिट कार्ड लिने, खातामा रहेको रकमको जाँच  लगायतको विविध सुविधा ल्याएको छ । अब विद्युत, टेलिफोन तथा पानीको बिल भुक्तानी गर्ने दिनभरी लामो लाईन पनि बस्नु पर्दैन ।

एनआईसी एशिया बैंकको मोबाइलबाटै ग्राहकलाई मिल्ने समयमा  बिजुलीको महसुल, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू घरबाटै निःशुल्क गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

बैंकसम्म नगएरै पनि अरुलाई पैसा पठाउनको लागि मोबाइलबाटै निःशुल्क एक बैंकबाट अर्काे बैंकमा अन्तर बैंक रकम स्थानान्तरण गर्ने सुविधा पनि दिएको छ । यस्तै क्यूआर सेवा पनि निःशुल्क गरिएको छ ।

साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्स भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । इन्स्योरेन्सको प्रिमियम तिर्नुपर्ने समय आयो । तर, बैंक जान नसकेर समस्यामा परेकाहरुलाई एनआईसी एशियाको मोबाइल बैंकिङ मार्फत् सजिलै प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङसँगै डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने जुनसुकै ग्राहकले कल्पनै पनि छुट सुविधा पाउन सक्ने जनाइएको छ ।

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वर्ष भरिमा ५० हजारभन्दा बढीको कारोबार गर्ने ग्राहकले न्यूनतम १५ हजार रुपैयाँ छुट सुविधा पाउन सक्नेछन्।

बैंकसँग सम्झौता गरेका २४०० भन्दा बढी मर्चेन्टहरुबाट एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ३० प्रतिशतसम्म छुट पाउने व्यवस्था समेत गरिएको छ । त्यसको लागि ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ, डेबिट वा क्रेडिट कार्ड मार्फत् भुक्तानी गर्नुपर्नेछ ।

बैंकसँग सम्झौता भएका मर्चेन्टहरुको सुची बैंकले आफ्नो वेवसाइटमा उपलब्ध गराएको छ । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एनआईसी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहक अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

यस कठिन परिस्थितिमा आफ्ना ग्राहकलाई विशिष्टिकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ घण्टा नै सेवा प्राप्त गर्न सकिने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।

यसका साथै ग्राहक महानुभावहरूले विभिन्न खालका बैंकिङ्ग गतिविधिहरू गर्दा आइपर्न सक्ने समस्यालाई ध्यानमा राख्दै बैंकले निम्नलिखित ग्राहकवर्गमा समर्पित डिजिटल सपोर्ट हेल्प डेक्सको स्थापना गरेको छः

क्रस कर्मचारीहरू मोबाइल नं. ईमेल जिम्मेवारी
अंकुश चन्द ९८०३११२०७२ [email protected] मोबाइल/ईन्टरनेट/QR/पस बैंकिङ्ग–स्थानान्तरण र भुक्तानी
शिव बस्नेत ९८४३१०५३९८ [email protected] एटिएम
अभिशेख रत्न शाक्य ९८४३७५७२६३ [email protected] बैंक धरौटी र परिपत्र
आरती भट्ट ९८४८७५४६९७ [email protected] रेमिट्यान्स
प्रतिमा श्रेष्ठ ९८८०४७८३५६ [email protected] बैंकिङ्ग सेवा (मोब्यांक, इन्टरनेट/मोबाइल बैंकिङ्ग)

 

प्रिजा प्रधान ९८४९०७४०४० [email protected]
मोनिका श्रेष्ठ ९८२३८२०११६ [email protected] रिटेल कर्जा
बाबुल मान श्रेष्ठ ९८१८११३७४२ [email protected] अनलाइन खाता
राजेश मानन्धर ९८५१२४४६४१ [email protected] सूचना/प्रविधि

 

१० सन्दिप रेग्मी ९८५११०१५२३ [email protected]
११ सुरुची श्रेष्ठ ९८०३९४२८८६ [email protected] साना तथा मझौला कर्जा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment