Comments Add Comment

ला मासियाको पनि तलब काटिने

स्पेनिस क्लब बार्सिलोनाले आफ्नो एकेडेमी ला मासियाको कामदारको तलब पनि काटिने जनाएको छ । विश्वभर फेलिएको कोरोना भाइरसको कारण क्लबको एकेडेमी पनि प्रभावित बन्ने भएको हो ।

क्लबको बोर्डले यसअघि नै एकेडेमीको सेमीप्रोफेसनल खेलाडी र प्रशिक्षकको ३० प्रतिशत तलब कटौती हुने जानकारी गराइसकेको छ ।

यस्तै क्लब पदाधिकारी रहेको एकेडेमीका निर्देशक प्याट्रिक क्लुभर्टको तलब फुटबलमा नफर्कँदासम्म ५० प्रतिशत कटौती हुनेछ ।

अहिले विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट युरोप धेरै नै प्रभावित छ । जसमा इटली र स्पेन अगाडि छन् । त्यसको असर फुटबल क्लबहरुमा पनि परेका छन् ।

बार्सिलोनाको सिनियर टिमका खेलाडीसमेत यसबाट प्रभावित छन् । क्लबले उनीहरुको ७० प्रतिशतसम्म तलब कटौती गर्ने योजना बनाएको छ । यद्यपी किके सेटिएनको खेलाडीले बोर्डको उक्त प्रस्तावलाई मानेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment