Comments Add Comment

कोभिड-१९ चेक प्वाइन्ट राखेर बन्द रंगशालामा क्रिकेट खेलाउने तयारी

१५ चैत, काठमाडौं । इंगल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसीबी)ले क्रिकेट सुरु गर्नको लागि बन्द रंगशालमा कोरोना भाइरस चेक प्वाइन्ट र आइसोलेसन सेन्टरको व्यवस्था गर्ने जनाएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारी कोभिड-१९ को कारण अहिले विश्व खेलकुद क्षेत्र नै ठप्प छ । लामो समय चल्ने क्रिकेट गतिविधि पनि हुन सकिरहेको छैन ।

कोभिड-१९ कै कारण इंगलिस क्रिकेट कम्तीमा मे २८ सम्मका लागि स्थगित गरिएको छ । तर, इसीबीले भने त्यसपछि दर्शक बिना नै रंगशालामा अन्तर्राष्ट्रिय क्रिकेट गर्ने तयारी गरिरहेको छ । इसीबी अहिले खेल आयोजना गर्न सरकारको स्वीकृतिको पर्खाईमा छ ।

इंग्ल्याण्ड र वेस्ट इन्डिजबीचको टेष्ट सिरिज ४ जुनदेखि दि ओभरमा सुरु हुने तयारी छ । इसीबीका इभेन्ट निर्देशक स्टिभ एलवोर्थीले बन्द रंगशालमा अन्तर्राष्ट्रिय खेल कस्तो हुनेछ भनेर विचार गरिरहेको बताए । एलवोर्थीले यसका लागि कोही भाइरस संक्रमित भए त्यसको पहिचान गरिहाल्नुपर्ने बताए ।

एलवोर्थीले रंगशालामा कोरोना टेष्ट गर्न इसीबीको मेडिकल टिम हुने र आइसोलेसन बुथसमेत रहने बताए । ‘कोही कोभिड-१९ पोजिटिभ भेटिएमा मैदान छाड्नुअघि अस्थायी रुपमा आइसोलेसन बुथमा रहन सक्नेछन् । एउटा सामान्य खेल खेलाउँदा कम्तीमा १५ सय व्यक्तिले काम गरिहेका हुनेछन् । तर, स्टेवार्ड्स र क्वाटरिङलाई हटाउने हो भने यो संख्या तीन सय ५० जतिमा झार्न सकिनेछ’ एलवोर्थीले भने ।

बेलायत सरकारले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन लकडाउनको निर्णय गर्नुअघि पाँच सय वा त्योभन्दा कम मानिस जम्मा हुन पाइने जनाएको थियो । तर, अहिले बेलायत लकडाउनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment